Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

देउवाविरुद्ध रेड नोटिसको पत्राचार, इन्टरपोलको जवाफ पर्खिँदै प्रहरी

देउवाविरुद्ध रेड नोटिसको पत्राचार, इन्टरपोलको जवाफ पर्खिँदै प्रहरी


  • 813
    Shares

    देउवाविरुद्ध रेड नोटिसको पत्राचार,  इन्टरपोलको जवाफ पर्खिँदै प्रहरी
    images

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाविरुद्ध अन्तर्राष्ट्रियस्तरमा पक्राउ पुर्जी अर्थात् ‘रेड कर्नर नोटिस’ जारी गर्न नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि प्रहरीको इन्टरपोल शाखा (एनसीबी नेपाल) ले इन्टरपोल मुख्यालयलाई पत्राचार गरेको हो ।

    हाल हङकङमा रहेका देउवालाई पक्राउ गरी नेपाल ल्याउनका लागि प्रहरीले सबै आवश्यक कागजातहरू मुख्यालय पठाइसकेको छ । यद्यपि, पत्राचार गरिएको लामो समय बितिसक्दा पनि इन्टरपोल मुख्यालयबाट भने अहिलेसम्म कुनै आधिकारिक जवाफ प्राप्त भएको छैन।

    जवाफ नआएकाले मुख्यालयबाट रेड नोटिस जारी भयो वा भएन भन्ने विषयमा अझैसम्म अन्योल कायम रहेको प्रहरी उच्च स्रोतले जनाएको छ।

    हङकङमा रहेका देउवालाई नेपाल ल्याउने प्रक्रिया इन्टरपोलको जवाफमा निर्भर रहेको छ। देउवा चुनावअघि नै पत्नीसहित सुरुमा सिंगापुर र त्यसपछि हङकङ गएका थिए ।

    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १६:२२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij