Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले दिए राजीनामा

वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले दिए राजीनामा


  • 414
    Shares

    वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले दिए राजीनामा

    काठमाडौं । वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले पदबाट राजीनामा दिएका छन् । अघिल्ला सरकारले गरेका सबै नियुक्ति खारेज गर्नेगरी अहिलेको सरकारले अध्यादेश ल्याएपछि डा.शर्माले राजीनामा दिएका हुन् ।

    हिजो नै स्वास्थ्य मन्त्रालय पुगेर आफूले राजीनामा बुझाएको डा.शर्माले जानकारी दिएका छन् । अन्य पदाधिकारीले समेत पद छाडेकाले आफूले पनि राजीनामा दिएको उनले बताएका छन् ।

    स्वास्थ्य सेवाअन्तर्गत दशौं तहका कर्मचारी रहेका डा.शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए ।

     

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १४:०७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij