Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

गगनले गरे शेखरसँग एक घण्टा वार्ता, आजै खड्कालाई भेट्ने

गगनले गरे शेखरसँग एक घण्टा वार्ता, आजै खड्कालाई भेट्ने


  • 330
    Shares

    गगनले गरे शेखरसँग एक घण्टा वार्ता, आजै खड्कालाई भेट्ने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच छलफल भएको छ। 

    सर्वोच्च अदालतबाट वैशाख ४ मा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपण भएपछि पहिलोपटक थापा र कोइरालाबीच भेटवार्ता भएको हो। 

    सभापति थापा मंगलबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालय पुगेका थिए। दुवै जनाबीच पार्टी एकता कायम राख्ने विषयमा एक घण्टा छलफल भएको जनाइएको छ। 

    गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसका नेता तथा कार्यकर्ता विभाजित छन्। सभापति थापाले विशेष महाधिवेशनको विपक्षमा उभिएका नेतालाई समेटेर लैजान संवाद अगाडि बढाएको जनाएका छन्। 

    कोइरालासँगको भेटपछि आजै सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गर्ने भएका छन्। सभापति थापासँगको भेटपछि खड्काले आफू निकट शीर्ष नेतालाई छलफलका लागि आफ्नो निवास बोलाएको बुझिएको छ।

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १५:३४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij