Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हर्क साम्पाङको सरकारलाई कडा चेतावनी: राज्य चलाउन सक्दैनौ भने राजीनामा दिएर बाटो खाली गरिदेऊ

हर्क साम्पाङको सरकारलाई कडा चेतावनी: राज्य चलाउन सक्दैनौ भने राजीनामा दिएर बाटो खाली गरिदेऊ


  • 1.4K
    Shares

    हर्क साम्पाङको सरकारलाई कडा चेतावनी: राज्य चलाउन सक्दैनौ भने राजीनामा दिएर बाटो खाली गरिदेऊ
    images

    काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै एक खुल्ला पत्र लेखेका छन्। संसद छलेर चल्ने सरकार ज्यू भन्दै सम्बोधन गरिएको उक्त पत्रमा साम्पाङले सीमा सुरक्षा, सुकुमबासी समस्या र देशको अर्थतन्त्रका विषयमा गम्भीर प्रश्नहरू उठाएका छन् । 

    नेपालको लिपुलेक हुँदै भारतले कैलाश(मानसरोवर जाने बाटो बनाइरहँदा सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन्। केवल कूटनीतिक नोट पठाएर झारा टार्ने काम भएको भन्दै उनले नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघलाई राखेर चतुर्पक्षीय वार्ता गरी सीमा जोगाउन माग गरेका छन्।

    सेनालाई मन्त्रीहरूको व्यक्तिगत पाले बनाइएको वा ढोका खोल्ने काममा लगाइएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्। 

    गरीबको बास भत्काउन डोजर प्रयोग गरिरहेको सरकारलाई साम्पाङले सुझाव दिँदै भनेका छन्,सुकुमबासी बस्तीमा व्यस्त डोजरहरू रोशी खोला लगायतका ठाउँमा बाढीले भत्काएको बाटो खोल्न र विपद् व्यवस्थापनमा पठाउनु पर्दैन ?

    विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्त रोक्न उनले माग गरेका छन्। राज्यलाई सन्तुलनमा राखेर सञ्चालन गर्न नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छु पत्रमा लेखिएको छ।

    harka_NxB7jtdLP9.jpg

     

    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - ११:३९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij