Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

एक जना सुकुमबासी बागमती नदीमा मृत फेला

एक जना सुकुमबासी बागमती नदीमा मृत फेला


  • 365
    Shares

    एक जना सुकुमबासी बागमती नदीमा मृत फेला

    काठमाडौं । सरकारले सुकुमबासी बस्तीमा डोजर अभियान चलाइरहेको बेला एक जना सुकुमबासी बागमती नदीमा मृत फेला परेका छन् । 

    मृत फेला पर्नेमा खोटाङ घर भएका अन्दाजी ५५–६० वर्षीय इन्द्रबहादुर राई रहेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार काठमाडौं १४ फोहोर मैला सङ्कलन केन्द्र नजिक शव देखेर स्थानीयले खबर गरेका थिए । भट्टराईका अनुसार उनको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएका थिए ।

    सरकारले शुक्रबार सो क्षेत्रमा डोजर लगाएको छ । यसअघि बुधबार साँझ सो क्षेत्र खाली गर्ने सूचना जारी गरेको थियो ।

     ‘उनी केही दिनदेखि घर नै आएका थिएनन् भन्ने स्थानीयको भनाई छ । आज कपडाको पोकासहित उनको शव फेला परेको हो,’ एसपी भट्टराईले भने, ‘हामी यस विषयमा थप अनुसन्धान गर्दैछौँ ।’

    यसअघि थापाथली सुकुमबासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेको समाचार आए पनि प्रहरीले अझै त्यसलाई पुष्टि गरेको छैन।

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १६:०३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij