२०८३ बैशाख १८ गते शुक्रवार
काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई कडा जवाफ फर्काएकी छिन्। बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो भनी सामाजिक सञ्जालमा धारणा राखेका थिए ।
उक्त भनाइको प्रतिवाद गर्दै अभियन्ता रक्षा बमले भनेकी छिन्, साँचो क्रान्ति ‘क’ बाटै सुरू हुन्छ प्रधानमन्त्री ज्यू, र त्यो ‘क’ करूणा हो ।
सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा विरोध गर्दै आएकी बमले करुणा देखाउन प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् ।
काठमाडौंका सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने तयारी र कारबाहीलाई लक्षित गर्दै उनले सत्तामा पुगेपछि जनताप्रति करुणा देखाउनुको सट्टा शक्ति प्रदर्शन गर्नु राजनीतिक बेइमानी भएको आरोप लगाइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij