Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

को-को पुगे डा. शेखरले बोलाएको छलफलमा ?

को-को पुगे डा. शेखरले बोलाएको छलफलमा ?


  • 428
    Shares

    को-को पुगे डा. शेखरले बोलाएको छलफलमा ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको छलफल सकिएको छ ।

    बालुवाटारस्थित ओपेरा होटलमा भएको छलफलमा कांग्रेसका प्रभावशाली नेताहरूसहित बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्व केन्द्रीय सदस्य, जिल्ला सभापती र पूर्वसभापति, सांसद, पूर्वसांसद, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।

    छलफलमा सहभागीहरूले १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनस् अध्यावधिक गर्न नहुने भन्दै त्यसमा अडान लिन सुझाव दिएका छन् ।

    छलफलमा डा. शशांक कोइराला, बलबहादुर केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, दीपक गिरी, सञ्जय गौतम, शिव हुमागाईँ, राजीव कोइराला, टेकप्रसाद गुरुङ, उमेशजंग रायमाझी, डा. गोविन्दराज पोखरेल, किरण यादव, गणेश लामा सहभागी थिए । संघीय सांसद डा. चन्द्रमोहन यादव, उर्मिला थपलिया र गीता देवकोटा पनि सहभागी थिए ।

    यस्तै, कांग्रेस बागमती प्रदेश समिति महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री जीवन डंगोल, सदस्यहरू उपेन्द्र लम्साल, शान्ता क्षेत्री, होम चौलागाईँ, नानु दाहाल, सुनिता काफ्ले, अस्मिन सिटौला सहभागी थिए ।

    यस्तै बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार र हरिप्रभा खड्गी, पूर्व प्रदेश सांसद नरोत्तम वैद्य र बिजुला बर्मा, कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, तरुण दलका पूर्व केन्द्रीय सभापति विनोद कायस्थ, नेता लोकेश ढकाललगायत १२३ जना सहभागी रहेको कोइरालाको सचिवालयले जनाएको छ ।

    धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, नुवाकोटका जिल्ला सभापति सभापति रमेश महत, चितवन जिल्ला सभापति राजेश्वर खनाल, मकवानपुरका जिल्ला उपसभापति धर्म लामिछाने, सिन्धुलीका जिल्ला सचिव ईश्वर बस्नेत, काठमाडौं महानगर सभापति निलकाजी शाक्य सहभागी रहेको कोइरालानिकट स्रोतले जानकारी दिए ।

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १४:४५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij