Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ज्याकारण्डा फूलले सुन्दर बन्यो काठमाडौं उपत्यका

ज्याकारण्डा फूलले सुन्दर बन्यो काठमाडौं उपत्यका


  • 1.4K
    Shares

    ज्याकारण्डा फूलले सुन्दर बन्यो काठमाडौं उपत्यका
    images

    काठमाडौं । काठमाडौं उपत्यका यतिबेला वैजनी रंगले सजिएको छ। विभिन्न स्थानमा फुलेका ज्याकारान्डा फूलहरूले उपत्यकाको सौन्दर्य झन् बढाएका छन्।

    शहरका मुख्य सडक किनारका ठूला रुखहरूमा ढपक्क फुलेका ज्याकारान्डाले काठमाडौँलाई आकर्षक बनाएका छन्। यी फूलहरूको वैजनी आभाले वसन्त ऋतुलाई अझै रंगीन र रमाइलो बनाएको छ।

    दरबारमार्ग, रत्नपार्क, सुन्धारा, सिंहदरबार, सातदोबाटो र गौशालालगायत क्षेत्रमा ज्याकारान्डा फुलेर शहरको दृश्य नै फेरिएको छ।

    ज्याकारान्डा नेपालमा रैथाने फूल भने होइन। मध्य तथा दक्षिण अमेरिकाबाट उत्पत्ति भएको यो फूल भारत हुँदै नेपाल भित्रिएको मानिन्छ । विशेषगरी भारतमा काम गर्ने नेपाली (लाहुरे) हरूमार्फत यो फूल नेपाल ल्याइएको विश्वास गरिन्छ।

    2.JPG

     

    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १३:२८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij