Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अध्यादेशबारे राष्ट्रपति पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने

अध्यादेशबारे राष्ट्रपति पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने


  • 309
    Shares

    अध्यादेशबारे राष्ट्रपति पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने

    काठमाडौं । सरकारले संसद् रोकेर धमाधम अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् । आज अपराह्न छलफल गर्ने तय भएपनि समय यकिन नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । 

    सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने अध्यादेश र वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धि अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । 

    संसद अधिवेशन रोकेर अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ । विपक्षी दलहरुले अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष माग गरेका छन् ।   

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - ११:०४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij