Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

आजको राशिफलः २०८३ बैशाख १७ गते बिहिबार

आजको राशिफलः २०८३ बैशाख १७ गते बिहिबार


  • 134
    Shares

    आजको राशिफलः २०८३ बैशाख १७ गते बिहिबार

    आजको राशिफलः २०८३ बैशाख १७ गते बिहिबार, वैशाख शुक्ल चतुर्दशी, नरसिंह जयन्ती, शक संवत् १९४७, नेपाल संवत् ११४६, Apr 30, 2026

    मेष : आफू खुशी भएर अगाडि बढ्ने क्षमता बढ्नेछ। विपक्षी साथी शान्त रहेकाले काम गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। अनुत्पादित क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

    वृष : बौद्धिक साथीसँगको टकराबले घाटा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। खानपानमा भने रुची घट्नेछ। शिक्षा क्षेत्रको नतिजाका लागि धैर्य बन्नुपर्नेछ। आम्दानीका दृष्टिले व्यापारको क्षेत्र सफल देखिन्छ।

    मिथुन : लगानीमा सहकार्य भए फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। बिहान धार्मिक कार्यमा सहभागी भएर भाग्य चम्काउने अवसर मिल्नेछ।

    कर्कट : दिन सहज छ। बोलीमा नम्रताको खाँचो देखिन्छ। तपाईंको बोलीका कारण साथीभाइ टाढा पुग्ने जोखिम छ। व्यापारमा लगानी गरेको भए नाफा हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

    सिंह : आज मन खुशी हुनेछ। लगानीका क्षेत्र सबल छन्। स्वास्थ्यमा सुधार हुनेछ। आफन्तको विश्वास गर्दा अप्ठेरो पर्ने भएकाले सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ। व्यापारमा नाफा होला ।

    कन्या : मन अशान्त बन्नेछ। राजनीतिक क्षेत्रमा साथीहरुले घेराबन्दी गर्ने जोखिम छ। हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। साथीभाइसँग सहकार्य भएमा काम बन्नेछ।

    तुला : आम्दानीका दृष्टिले दिन राम्रो छ। राजनीतिबाट टाढै रहनु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंले गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यले साथ दिँदा मनमा खुशी मिल्नेछ।

    वृश्चिक : आज आम्दानी बढ्ने छ । प्रियजनसँगको भेटले मनमा खुसी प्राप्त हुनेछ । कतै रमाइलो घुमफिरको योजना बन्नसक्छ । बौद्धिक क्षेत्रका व्यक्तिसँग झुकाव राख्न सके दिन सहज बन्नेछ। ३र र  व्यवहार सहज बन्ने देखिन्छ ।

    धनु : व्यवहारिक समस्याको समाधान हुने दिन छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रका साथीले सेवाका अवसर प्रदान गर्नेछन्। परिवारमा सल्लाह गरेर गरेको काम सफल बन्नेछ।

    मकर : धन खर्च हुने दिन छ। काम गर्दा सोच्नुपर्ने हुनसक्छ। छलफलमा अरुको कुरा सुनेर मात्र आफ्नो धारणा राख्नु राम्रो हुनेछ। तपाईंले आफ्नो सोचेको मान्छेले विरोध गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

    कुम्भ : स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यवहार सहज बन्नेछ। सप्तम भावमा उदयमान चन्द्रमा पुगेकाले मन प्रशन्न बन्नेछ। धार्मिक क्षेत्रको अवलोकन गर्ने अवसर मिल्नेछ। व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

    मीन : काम गर्दा सचेत बन्नुपर्नेछ। राम्रो कुरा बोले पनि साथीहरुले गलत व्याख्या गर्ने जोखिम छ। शिक्षाको क्षेत्रमा धैर्य धारण गर्नुपर्ने हुनेछ। पठनपाठनमा आलस्य बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - ०१:५५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij