Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

कान्छाराम तामाङलाई सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय

कान्छाराम तामाङलाई सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय


  • 533
    Shares

    कान्छाराम तामाङलाई सभापतिबाट निलम्बन गर्ने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ९कान्छाराम० लाई पदबाट निलम्बन गरेको छ। पार्टी नेतृत्वका विरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै समितिले तामाङलाई सभापति पदको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो । 

    समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बुधबार बसेको बैठकले तामाङले दिएको स्पष्टीकरण प्रारम्भिक रूपमा हेर्दा चित्तबुझ्दो नभएको र यस विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई पदमा राखिराख्दा अनुसन्धान प्रभावित हुने निष्कर्ष निकालेको छ।

    उनी पार्टीको रामेछाप जिल्ला सभापति थिए । जिल्ला सभापतिजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पदीय मर्यादा ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै केन्द्रीय अनुशासन समितिले तीन दिने स्पष्टीकरण सोधेको थियो ।

    p_zOOYMmyFd2.jpg

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १६:१८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij