Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूर्णबहादुर खड्काको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निष्कर्ष

पूर्णबहादुर खड्काको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निष्कर्ष


  • 960
    Shares

    पूर्णबहादुर खड्काको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निष्कर्ष
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणको विषयलाई तामेलीमा राख्ने निर्णय गरेको छ।

    समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले खड्काको पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो।

    कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा, वैशाख २ गतेको निर्णयानुसार खड्कालाई स्पष्टीकरण सोधिएको थियो। तर, वैशाख ४ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उक्त स्पष्टीकरणको औचित्य समाप्त भएको भन्दै समितिले सो निर्णय प्रक्रियालाई हालका लागि तामेलीमा राख्ने निर्णय गरेको छ।  

    p_zOOYMmyFd2.jpg

     

     

    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १७:०८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij