Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

छिटो काम गर्न अध्यादेश ल्याइयो, सरकारको खराब नियत छैन

छिटो काम गर्न अध्यादेश ल्याइयो, सरकारको खराब नियत छैन


  • 295
    Shares

    छिटो काम गर्न अध्यादेश ल्याइयो, सरकारको खराब नियत छैन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारले दु्रत गतिमा काम गर्नको लागि अध्यादेश ल्याएको दाबी गरको छन् । 

    बुधवार रास्वपाको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले नागरिकले दिएको म्याण्डेटअनुसार छिटो छरितो रुपमा काम गर्नको लागि अध्यादेश ल्याइएको दाबी गरेका हुन् । हाल कानूनी प्रक्रियाका झन्झटले सामान्य काम गर्न पनि ३–४ महिना लाग्ने अवस्था रहेको उनको भनाई छ । 

    अध्यादेश कुनै व्यक्ति, संस्था वा दल विशेषलाई लाभ पु¥याउने उद्देश्यले नभई जटिल प्रक्रियाबाट रोकिएका कामहरूलाई गति दिन ल्याइएको उनले दाबी गरेका छन् । उनले विशेष गरी सहकारी पीडितहरूको रकम फिर्ता गर्ने प्रक्रिया र संवैधानिक नियुक्तिहरूलाई छिटो टुंग्याउन अध्यादेश आवश्यक रहेको बताएका छन्। लामो विधायकी प्रक्रियाले राज्य सञ्चालनमा ढिलाइ हुने भएकाले ‘फास्ट ट्रयाक’ आवश्यक रहेको उनको भनाइ छ । 

    उनले वर्तमान सरकार राज्य संचालनमा विलम्व नहुनेगरि काम गर्न अग्रसर भएको उल्लेख गरेका छन्।  

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १५:४४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij