Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक


  • 596
    Shares

    अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

    काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्यसबारे धारणा तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। 

    कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले दिउँसो १२ बजे सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएको उनका स्वकीय सचिव एम ढुङ्गानाले जानकारी दिए  । ढुङ्गानाका अनुसार विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीलाई बोलाइएको छ। 

    गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयले भने अध्यादेश अध्ययनका क्रममा रहेका बताएको छ।

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - ०८:५८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij