Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

पार्टी जोड्ने जिम्मेवारी सभापतिकै काँधमा: देउवा पक्षीय नेताहरूको निष्कर्ष

पार्टी जोड्ने जिम्मेवारी सभापतिकै काँधमा: देउवा पक्षीय नेताहरूको निष्कर्ष


  • 211
    Shares

    पार्टी जोड्ने जिम्मेवारी सभापतिकै काँधमा: देउवा पक्षीय नेताहरूको निष्कर्ष

     काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले राखेको बेलामा अहिले नेताहरूले बोल्ने क्रम जारी छ। नेता खड्काको ब्रिफिङपछि अहिले नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ।

    भेलामा पूर्वसभापति शेरबहादुर देउवानिकट निवर्तमान केन्द्रीय सदस्य, प्रदेशका सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, भातृ सङ्गठनका प्रमुखहरू सहभागी छन्।

    बैठकमा सर्वोच्च अदालतले निर्णय मान्ने भनेपछि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भइरहेको नेता रामहरि खतिवडाले बताए।

    उनले भने, ‘हामीले सर्वोच्च अदालतको निर्णय मान्छौँ। तर बृहत् एकता गरेर महाधिवेशन महाधिवेशन गर्नुपर्छ। सम्पूर्ण साथीहरूलाई एकै ठाउँमा राखेर छलफल गरिरहेका छौँ। हामी कांग्रेसलाई कमजोर बनाउने होइन, एकताबद्ध बनाउनेमा पहल गर्नुपर्छ।’

    उनले पार्टीलाई एकताबद्ध बनाउने पहलको सुरुवात सभापति गगन थापाले नै गर्नुपर्छ भन्ने आशयका कुरा उठेको बताए।

    images
    प्रकाशित मिति :बैशाख १५ २०८३ मंगलवार - १५:०८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij