Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

बिहे नगरिदिएको भन्दै छोराले गरे बुबाको हत्या

बिहे नगरिदिएको भन्दै छोराले गरे बुबाको हत्या


  • 435
    Shares

    बिहे नगरिदिएको भन्दै छोराले गरे बुबाको हत्या

    रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थारुले ५८ वर्षिय बुबा जंगबहादुर थारुलाई आइतबार दिउँसो घरकै आँगनमा हातले घाँटी अठ्याइ बेहोस पारेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले जनाएका छन् ।

    सुनिल जंगबहादुरका माइलो छोरा हुन् । बुबालाई बेहोस बनाई फरार भएपछि जंगबहादुरलाई उपचारको लागि कपिलवस्तुको पिपरा अस्पताल कपिलवस्तु लैजाँदै गर्दा मत्यु भएको र अस्पताल पुर्याएपछि डाक्टरले मृत्यु घोषणा गरेको उनले जनाएका छन् ।

    प्रहरीले सुनिललाई पक्राउ गरी आज अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । कञ्चन गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्ष केशरबहादुर खत्रीले घर बनाउने काम गर्ने यो परिवारको माइलो छोरा सुनिल भएको र उनको बिहे नभएको जनाए ।

    ‘जेठो छोरा अलग्गै बसेका छन्, माइलोको बिहे भएको छैन, लागूपदार्थ सेवन गर्ने भनेर स्थानीयले सुनाएका छन्, घरायसी विवाद भन्ने छ, केहीले बिहे कुरा पनि गरेका छन्’, उनले भने ।

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - २१:४९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij