Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

रोकिएको ट्रकमा गाडी ठोकिँदा २ जनाको मृत्यु, ३ घाइते

रोकिएको ट्रकमा गाडी ठोकिँदा २ जनाको मृत्यु, ३ घाइते


  • 288
    Shares

    रोकिएको ट्रकमा गाडी ठोकिँदा २ जनाको मृत्यु, ३ घाइते

    काठमाडौं । कपिलवस्तुमा स्कार्पिओ गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका प्रहरीले जनाएको छ।  

    बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै गरेको यूपी.३२ सीए ८३४३ नम्बरको भारतीय स्कार्पियो सडक छेउमा रोकिएको लु.१ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। 

    दुर्घटनामा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी सन्तोष आचार्यले जानकारी दिए। दुवैको शव पोस्टमार्टमाका लागि जिल्ला अस्पताल कपिलवस्तुमा राखिएको छ।

    दुर्घटना भएको ठाउँमा हुलाकी सडक खण्डमा पर्छ। घटना गएरातिको हो। दुर्घटनामा महाराजगन्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, शिवराज नगरपालिका–१० का २८ वर्षीय मोतीलाल कुर्मी र शिवराज नगरपालिका–११ का २० वर्षीय सुरेश कुर्मी घाइते भएका छन्। 

    घाइतेमध्ये ६५ वर्षिय नन्दप्रसाद दुबेको अवस्था गम्भीर भइएकाले उनलाई थप उपचारका लागि भैरहवा लगिएको छ। ट्रक चालक २८ वर्षिय सुरज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    हुलाकी सडकमा रातिको समयमा सवारी साधन साइडमा रोक्ने प्रवृत्तिका कारण दुर्घटना बढ्दै गएको प्रहरीले जनाएको छ। 

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १०:५१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij