Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गुन्द्रुकको पनि गुणस्तर मापदण्ड तोकियो

गुन्द्रुकको पनि गुणस्तर मापदण्ड तोकियो


  • 1.9K
    Shares

    गुन्द्रुकको पनि गुणस्तर मापदण्ड तोकियो
    images

    काठमाडौं । नेपालको मौलिक तथा लोकप्रिय तरकारी गुन्द्रुकको व्यावसायिक उत्पादन र बिक्री वितरणमा अब कडाइ हुने भएको छ । सरकारले पहिलो पटक गुन्द्रुकको गुणस्तर निर्धारण गरेको हो । 

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै गुन्द्रुकको मापदण्ड तोकेको मन्त्रालयले जनाएको हो । 

    फल तथा सागपात पदार्थहरूको समूहअन्तर्गत गुन्द्रुकलाई समावेश गरिएको छ । आगामी छ महिनादेखि लागु हुने भएको छ । 

    सरकारले गुन्द्रुक बनाउँदा फलाम, आल्मुनियम, तामा तथा पित्तलबाट बनेका भाँडा प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएको छ। बजारमा बेच्न राखिने गुन्द्रुक स्वच्छ, सफा, स्वाभाविक स्वाद र बास्ना भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

    यसमा ढुसी तथा किरा लागेको तथा बाह्य रौं, भुस, पराल जस्ता जैविक तथा  माटो, बालुवा, सिसा, प्लास्टिकजस्ता अजैविक पदार्थ मिसिएको हुनुहुँदैन।

    गुन्द्रुकमा कुनै पनि प्रकारको कृत्रिम रङ तथा सुगन्ध राख्न नपाइने मापदण्डमा उल्लेख छ । सुख्खा गुन्द्रुकमा चिस्यान अधिकतम १२ प्रतिशत, कुल भष्म बढीमा १७ प्रतिशत, एसिडमा नघुल्ने भष्म अधिकतम १ प्रतिशत, अम्लता कम्तीमा ०.८ प्रतिशत हुनुपर्नेछ। 

    गुन्द्रुकलाई खुला रूपमा जथाभावी बेच्न पाइने छैन । गुन्द्रुक प्याकिङका लागि सफा, सुक्खा र फुड ग्रेड को प्याकेजिङ पदार्थ प्रयोग गर्नुपर्नेछ।  

    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १८:५३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij