Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

प्रेमको नाटक र नक्कली उपहारको प्रलोभन: ४० भन्दा बढी महिला ठग्ने सुसन पक्राउ

प्रेमको नाटक र नक्कली उपहारको प्रलोभन: ४० भन्दा बढी महिला ठग्ने सुसन पक्राउ


  • 589
    Shares

    प्रेमको नाटक र नक्कली उपहारको प्रलोभन: ४० भन्दा बढी महिला ठग्ने सुसन पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमार्फत सम्पर्क गरी ४० बढी महिलाहरूलाई ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको फाकफोकतुम गाउँपालिका-६ का २७ वर्षीय सुजन लिम्बु भनिने सुशन थेगिम लिम्बू रहेका छन् । 

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले ह्वाट्स एपमार्फत ४० बढी महिलालाई सम्पर्क गरी ठग्नका लागि प्रलोभनमा पारेको देखिएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताएका छन् ।

    अहिले भने एक महिलाले ठगीको आरोपमा उनीविरुद्ध उजुरी दिएकी छिन् । ती महिलाको २ लाख ठगी गरको आरोप थेगिममाथि छ ।

    सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने र प्रेममा पारेको नाटक गरी पार्सल पठाएको बताउने अनि उक्त सामान एयरपोर्टमा आइसकेको र लिनका लागि ट्याक्स बुझाउनु पर्ने भन्दै रकम हाल्ने लगाएर उनले ठगी गर्ने गरेको प्रहरीले बताएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १३:२१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij