Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

विराटनगरमा हटाउन थालियो फुटपाथ अतिक्रमण

विराटनगरमा हटाउन थालियो फुटपाथ अतिक्रमण


  • 589
    Shares

    विराटनगरमा हटाउन थालियो फुटपाथ अतिक्रमण

    काठमाडौं । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको छ । शुक्रबार बिहानबाट उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोलीले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो ।

    यसअघि महानगरले दुई दिनसम्म माइकिङ गरेर व्यवसायी र सर्वसाधारणलाई सचेत गराएको थियो । शुक्रबारबाट नगर प्रहरी र नेपाल प्रहरी सहितको टोलीले बजार क्षेत्रको फुटपाथमा राखिएका सामग्री हटाउने अभियान सुरु गरेको हो ।

    महानगरपालिकाले पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री नराख्न आग्रह गरेको छ । सडकपेटीमा निर्माण सामग्री थुपार्न, मोटरसाइकल ग्यारेजका सामान राख्न र मापदण्डविपरीत कवाडी व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको छ ।   

     

     

     

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १२:५९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij