Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु

चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु


  • 561
    Shares

    चैतमा ९ सय विपद्का घटना, ३० जनाको मृत्यु

    काठमाडौं । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ । आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवी विपत्तिमा परी १६ पुरुष, १० महिला र चार जना बालबालिकाको मृत्यु भएको हो ।

    दैवी विपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बबाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भएको छ भने ५२९ चौपाया मरेका छन् ।

     ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।

    विपदबाट १४३ जना विस्थापित भएका छन् । सो अवधिमा कोशीमा २७२, मधेसमा १३६, बागमतीमा ८५, काठमाडौँ उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ ।

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १३:१२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij