२०८३ बैशाख ९ गते बुधवार
काठमाडौं । कर्णाली प्रदेशसभाका सदस्य एवम् पूर्व मुख्यमन्त्री राजकुमार शर्माको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा शर्माको सांसद पद कायम रहने कि नरहने भन्ने विषयमा सुनुवाइ हुँदैछ ।
तत्कालीन नेकपा माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रचारमा लागेको आरोप लगाउँदै उक्त पार्टी (नेपाली कम्युनिस्ट पार्टी) को सिफारिसको आधारमा प्रदेशसभा सचिवालयले पद खारेज गर्ने निर्णय गरेको थियो । नेकपाको सिफारिसमा सांसद पद गुमेपछि शर्मा सर्वोच्च अदालत पुगेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij