Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

गतिशील सहकारी अध्यक्ष डा. बलराम पाठक पक्राउ

गतिशील सहकारी अध्यक्ष डा. बलराम पाठक पक्राउ


  • 589
    Shares

    गतिशील सहकारी अध्यक्ष डा. बलराम पाठक पक्राउ

    काठमाडौं । ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डा. बलराम पाठक पक्राउ परेका छन्। उनी राष्ट्रिय वाणिज्य बैंकका पूर्वअध्यक्ष पनि हुन्।

    जिल्ला प्रहरी परिसर, ललितपुरको टोलीले पाठकलाई आइतबार पक्राउ गरेको हो। सहकारी ठगी कसुरमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता गौतम मिश्रले बताएका छन्। 

    गतिशील सहकारीको दुई अर्ब ४४ करोड रुपैयाँ हिनामिना भएको छ। बचतकर्ताले रकम फिर्ता नपाएपछि प्रहरीमा उजुरी गरेका थिए। 

    सहकारीको रकम हिनामिनामा अध्यक्ष पाठकको संलग्नता रहेको आरोप छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले जानकारी दिएका छन्।  

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १६:३४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij