Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विधेयक पेस गर्ने र विरोधको सूचना दिने समय परिवर्तन, सांसदहरूले अध्ययनका लागि थप समय पाउने

विधेयक पेस गर्ने र विरोधको सूचना दिने समय परिवर्तन, सांसदहरूले अध्ययनका लागि थप समय पाउने


  • 1.5K
    Shares

    विधेयक पेस गर्ने र विरोधको सूचना दिने समय परिवर्तन, सांसदहरूले अध्ययनका लागि थप समय पाउने
    images

    काठमाडौं । प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने र विधेयकमाथि विरोध गर्ने सूचना दिने समय परिवर्तन गरिएको छ । 

    प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदामा यसअघिको प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली २०७९ भन्दा फरक समय प्रस्ताव गरिएको हो। 

    ०७९मा नियम १०५ मा कुनै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोध गर्न चाहने सदस्यले त्यसको सूचना प्रस्ताव प्रस्तुत गर्ने दिनभन्दा एक दिन अगावै सचिवलाई दिनु पर्ने व्यवस्था थियो । अहिलेको मस्यौदामा २ दिन राखिएको छ। 

    विधेयक प्रस्तुत गर्ने अनुमतिको सूचना दिएको ७ दिनपछिको बैठकमा विधेयक प्रस्तुत गर्ने अनुमतिको प्रस्ताव सभामा पेस गर्न सक्ने व्यवस्था ०७९ को नियमावलीमा रहेकोमा अहिलेको मस्यौदामा ९ दिन राखिएको छ। 

    सरकारी विधेयकको हकमा ०७९ को नियमावलीमा ५ दिन अघि सूचना दिन सकिने व्यवस्था राखिएकोमा अहिलेको मस्यौदामा ७ दिन राखिएको छ।

     

    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १७:१२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij