Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आँबुखैरेनी नजिकै इभी माइक्रो दुर्घटना

आँबुखैरेनी नजिकै इभी माइक्रो दुर्घटना


  • 2.7K
    Shares

    आँबुखैरेनी नजिकै इभी माइक्रो दुर्घटना
    images

    तनहुँको आँबुखैरेनी नजिकै एक इभी माइक्रो दुर्घटनामा परेको छ।

    जिल्ला प्रहरी कार्यलय तनहुँका अनुसार चितवनको नारायणघाटबाट लमजुङको बेसीशहर तर्फ जाँदै गरेको गण्डकी प्रदेश ००१ ज ०१३५ नम्बरको इभी माइक्रो शनिबार साँझ तनहुँको आँबुखैरेनी स्थित पावर हाउस नजिकै दुर्घटनामा परेको हो।

    प्रहरीका अनुसार माइक्रोमा १३ जना यात्रु सवार थिए। ती मध्य केही घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    ‘प्रारम्भिक जानकारीअनुसार माइक्रोमा सवार केहीलाई चोट लागेको छ,’ प्रहरीले भनेको छ, ‘तर घाइतेहरू कसैको पनि अवस्था गम्भीर छैन।’

    दुर्घटनाको थप विवरण र कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रकाशित मिति :बैशाख ५ २०८३ शनिवार - २०:५०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij