Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसदीय समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ

संसदीय समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ


  • 2.7K
    Shares

    संसदीय समितिका सभापतिले लिए पद तथा गोपनीयताको शपथ
    images

    काठमाडौं । संसदीय समितिका सभापतिहरुले सपथग्रहण गरेका छन् । शुक्रवार अपरान्ह सभामुख डोलप्रसाद अर्यालले उनिहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

    यसअघि सम्पन्न निर्वाचनमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सर्वसम्मत निर्वाचित भएका थिए । 

    त्यसैगरी कानून न्याय तथा मानवअधिकार समिति सभापतिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा रास्वपाका आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा रास्वपाकी आकृति अवस्थी सर्वसम्मत निर्वाचित भएका थिए। 

    संसदीय सुनुवाई समिति सभापतिमा रास्वपाका वोधनारायण श्रेष्ठ,  उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाकै रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा रास्वपाका सुम्निमा उदास र अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत निर्वाचित भएका थिए।

    सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरत खड्का पनि सर्वसम्मत निर्वाचित भएका थिए। रास्वपाको समर्थन पाएका खड्काले पाएपछि यो समिति सभापतिमा एकल उम्मेदवारी परेको थियो । 

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा रास्वपाका सांसद गणेश कार्की, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा रास्वपाकी ओजस्वी शेरचन निर्वाचित भएका थिए। 

    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १७:५२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij