२०८३ बैशाख ४ गते शुक्रवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।
एमाले सचिव पद्मा अर्यालले प्रचण्ड अध्यक्षलाई भेट्न अस्पताल पुगेको पुष्टि गरिन् ।
उनले भनिन्, ‘संयोजक कमरेड अध्यक्षको स्वास्थ्य अवस्था बुझ्न अस्पताल आउनुभएको हो,’ दुई जनाको भेटमा अध्यक्षको स्वास्थ्यबारे कुरा भयो थप राजनितिक कुरा भएको मलाई जानकारी छैन’ ।
सचिव अर्यालले एमाले र नेकपाबीच एकता वा सहकार्यबारे अहिलेसम्म केही कुरा नभएको बताइन् ।
पत्थरीको शल्यक्रियापछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई भेट्न प्रचण्ड बिहीबार साँझ करिब सवा ५ बजे अस्पताल पुगेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij