Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

प्रशासनको आँखा छलेर दूषित खाजा बेच्ने बागमती स्विट्समा छापा, उद्योग पूर्णरूपमा बन्द

प्रशासनको आँखा छलेर दूषित खाजा बेच्ने बागमती स्विट्समा छापा, उद्योग पूर्णरूपमा बन्द


  • 190
    Shares

    प्रशासनको आँखा छलेर दूषित खाजा बेच्ने बागमती स्विट्समा छापा, उद्योग पूर्णरूपमा बन्द

    काठमाडौं। सरकारी आदेशको धज्जी उडाउँदै किरा परेको र दुर्गन्धित खाजा बिक्री वितरण गर्ने काठमाडौँको बागमती स्विट्स प्रा।ली।लाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिलबन्दी गरेको छ। 

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत अखाद्य वस्तु बिक्री गरेको र प्रशासनको रोकलाई समेत बेवास्ता गरेको भन्दै विभागले कडा कारबाही सुरु गरेको हो।

    घटनाको सुरुवात चैत ३० गते भएको थियो, जब बागमती स्विट्सको तयारी खाजाको प्याकेटमा किरा भेटिएको र निकै दुर्गन्ध आएको भन्दै विभागमा उजुरी परेको थियो। सो उजुरीका आधारमा विभागका खाद्य निरीक्षण अधिकारीहरूले तत्कालै अनुगमन गरी अर्को व्यवस्था नभएसम्मका लागि उत्पादन र बिक्री वितरण नगर्न कडा निर्देशन दिएका थिए। 

    तर, विभागको आदेशलाई ठाडो चुनौती दिँदै उक्त कम्पनीले पुनः लुकीछिपी विभिन्न संघसंस्थाहरूमा तयारी खाजा पठाउन थालेको सूचना वैशाख ३ गते प्राप्त भयो।

    विभागमा प्राप्त सूचनाका आधारमा विभागको र्‍यापिड रेस्पोन्स टिम काठमाडौँ डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी वृत्त सिंहदरबारको संयुक्त टोलीले तत्कालै बागमती स्विट्समा छापा मार्‍यो।  

    विगतको आदेश उल्लंघन गर्दै कानुन विपरीत मानव स्वास्थ्यमा गम्भीर खेलबाड हुने गरी दूषित खाद्य पदार्थ बिक्री गरेको पाइएकाले विभागले बागमती स्विट्सको उत्पादन स्थल र कारखानालाई अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा सिलबन्दी गरिदिएको छ। 

     

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - ११:१९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij