Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

'हाई प्रोफाइल' व्यक्तिहरू लगातार छुट्न थालेपछि अदालत प्रति गृहमन्त्रीको असन्तुष्टि

'हाई प्रोफाइल' व्यक्तिहरू लगातार छुट्न थालेपछि अदालत प्रति गृहमन्त्रीको असन्तुष्टि


  • 106
    Shares

    'हाई प्रोफाइल' व्यक्तिहरू लगातार छुट्न थालेपछि अदालत प्रति गृहमन्त्रीको असन्तुष्टि

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय समातिएका 'हाई प्रोफाइल' व्यक्तिहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई अदालतले थुनामुक्त गरेपछि असन्तुष्टि जनाएका छन् ।

    प्रहरीले एकपछि अर्को गर्दै 'हाई प्रोफाइल' पक्राउको शृङ्खलामा अदालतले ब्रेक लगाएपछि गृहमन्त्री गुरुङले असन्तुष्टि जनाएका हुन् । आफूले देश, जनता र सुशासनका लागि कदम उठाए पनि त्यसमा रोक लागेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

    बिहीबार साँझ गृह मन्त्रालयमा सुरक्षा बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अनौपचारिक संवादमा गृहमन्त्री गुरुङले उक्त असन्तुष्टि पोखेका हुन् ।

    "मैले सुरुआतदेखि नै एक्सन ओरिएन्टेड भएर काम गर्न खोजेको थिए । तर, अदालतबाट रोकियो," गृहमन्त्री गुरुङले भने, "अब कसरी अगाडि बढ्ने विषयमा कानुन अध्ययन गरिरहेको छु ।"

    गुरुङले गृहमन्त्रीको कार्यभार सम्हालेलगत्तै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका थिए । त्यस्तै, पूर्वमन्त्री दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको थियो । तर, अदालतको आदेशबाट उनीहरू थुनामुक्त भएका छन् ।

    उनले सम्पत्तिको विवरणका विषयमा पनि प्रस्टीकरण दिए । बुबाबाजेदेखि नै अंशवण्डा नभएकाले सबै विवरण देखाउँदा विवरण बढी देखिएको उनको भनाइ छ ।

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - ०५:४०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij