Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

शिक्षा समितिको सभापतिमा एमाले र रास्वपाको उम्मेदवारी

शिक्षा समितिको सभापतिमा एमाले र रास्वपाको उम्मेदवारी


  • 141
    Shares

    शिक्षा समितिको सभापतिमा एमाले र रास्वपाको उम्मेदवारी

    काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा बिहीबार दुई जनाको उम्मेदवारी परेको छ ।रास्वपाका तर्फबाट ओजस्वी शेरचन र नेकपा एमालेका तर्फबाट गुरु बरालको उम्मेदवारी परेको हो। 

    संघीय संसदको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारी दर्ता गराएको छ । 

    बिहीवार सिंहदरबारमा समितिको सभापतिका लागि नेकपाबाट मदनकुमारी साहले सभापतिमा उम्मेदवारी दर्ता गराएको छ । उनको प्रश्तावक र समर्थकमा जनकराज जोशी र पुष्पराज कँडेल रहेका छन्।

    संसदीय समिति सभापतिको निर्वाचन शुक्रबार हुँदैछ । त्यसका लागि आज १२ वटै समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिएको छ। 

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १६:३८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij