Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पासपोर्टमा केरमेट गर्ने कर्मचारीलाई कारबाही गर्ने अध्यागमन विभागको निर्णय

पासपोर्टमा केरमेट गर्ने कर्मचारीलाई कारबाही गर्ने अध्यागमन विभागको निर्णय


  • 820
    Shares

    पासपोर्टमा केरमेट गर्ने कर्मचारीलाई कारबाही गर्ने अध्यागमन विभागको निर्णय
    images

    काठमाडौं । यूएई जान लागेका नेपाली नागरिकको राहदानीमा नियमविपरीत केरमेट गरी अनावश्यक ‘शर्त’ लेखिदिने कर्मचारीमाथि अध्यागमन विभागले कारबाही प्रक्रिया अघि बढाएको छ।

    सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा यात्रीको राहदानीमा प्रस्थान छाप सँगै हस्तलिखित रूपमा ‘Employment is strictly prohibited. Visit till’ लेखिएको तस्बिर सार्वजनिक भएपछि विभागले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

    विभागका निर्देशक एवं प्रवक्ता टिकाराम ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, कुनै पनि नेपाली नागरिकलाई कानुनभन्दा बाहिर गई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय छैन।

    प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानूनी अभ्यास गर्ने कर्मचारीलाई कारबाहीका लागि आन्तरिक छानविन प्रक्रिया अगाडि बढाइएको छ। अध्यागमन विभागले पछिल्लो समय भिजिट भिसामा विदेश जाने प्रक्रियालाई थप व्यवस्थित र सरलीकृत गरिएको समेत स्पष्ट पारेको छ।

    राहदानी जस्तो संवेदनशील सरकारी कागजातमा कर्मचारीको 'मनपरी' देखिएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा कडा आलोचना गरेका थिए। सोही आलोचना र सार्वजनिक गुनासोका आधारमा विभागले तत्कालै संलग्न कर्मचारीमाथि छानबिन थालेको हो।

    668245882_937044272446893_2312064780146271771_n_iElwWhER7I.jpg

    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १४:२५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij