२०८३ बैशाख ७ गते सोमवार
काठमाडौं । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ । केहीबेर अघि बैठक सुरु भएको हो ।
बैठकमा सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार उठाउने विषयमा छलफल केन्द्रित भएको छ । सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई विगतमा अभ्यास थियो ।
यसअघि चैत २७ गते प्रतिनिधिसभाको सबै समिति गठन भएका थिए । त्यसका लागि सत्ताको नेतृत्व गरेको रास्वपाले संसदीय समितिका सभापति छान्नका लागि बैठक बोलाएको थियो ।
बैठकमा एमालेबाट गुरु बराल र पदमा अर्याल, माओवादीबाट वर्षमान पुन र युवराज दुलाल, कांग्रेसबाट भीष्म आङदेम्बे र मोहन आचार्य सहभागी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij