Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव भेटियो

कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव भेटियो


  • 148
    Shares

    कालीगण्डकीमा बेपत्ता भएका २ जनाकै शव भेटियो

    काठमाडौं । नयाँ वर्ष मनाउन जादा बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई जनाकै शव फेला परेको छ ।

    चन्द्र माध्यमिक विद्यालयका शिक्षक बगनासकाली-९ झिरभञ्ज्याङका २९ वर्षीय तोयानाथ बस्यालको बुधबार बिहान र बगनासकाली-९ भुसालगाउँका ३९ वर्षीय शरण भुसालको बिहीबार बिहान दैलातुङ नजिकै कालीगण्डकी नदी किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

    नयाँ वर्षको अवसरमा साथीभाइसँग नदीमा गएका उनीहरू पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । घटनापछि स्थानीय बासिन्दा, प्रहरी र सुरक्षाकर्मीको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको थियो ।

    निरन्तरको खोजीपछि दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।  

     

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - ११:१०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij