२०८३ बैशाख २ गते बुधवार
मुस्ताङ । नयाँ वर्षको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिब १२ हजार तिर्थालुले दर्शन गरेका छन् ।
वैशाख १ गते करिब १२ हजार दर्शनार्थीले पूजा गरेको मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि दिनेस भुसालले बताए । दर्शनार्थीको बाक्लो उपस्थितिका कारण रानीपौवाका दुई वटै बसपार्क सवारी साधनले भरिँदा पार्किङमा समस्या भएको थियो ।
जोमसोम, मार्फालगायत पर्यटकीय गाउँमा पनि पर्यटक पुगेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij