२०८३ बैशाख २ गते बुधवार
पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा-२२, पुम्दीभुम्दीमा यात्रुबाहक बसमा एक्कासि आगो लागेर ध्वस्त भएको छ। नयाँ वर्ष २०८३ कै पहिलो दिन उक्त अप्रिय घटनामा मानवीय क्षति भने टरेको छ।
वडा प्रहरी कार्यालय, बैदामका अनुसार गुडिरहेको ग १ ख ९५६२ नम्बरको बस पुम्दीभुम्दीको ठूलीबिडी पुग्दा मंगलबार साँझ वायरिङ सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
गाडीमा एक्कासि आगो दनदनी बल्न थालेपछि यात्रुहरु तत्काल ओर्लिएर ज्यान जोगाउन सफल भए। स्याङ्जाको वालिङबाट बागलुङको पञ्चकोट घुमेर फर्किएको गाडीमा अधिकांश स्याङ्जा निवासी यात्रुहरु थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij