Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

सरकारी विज्ञापनसम्बन्धी मुद्दा आज हेर्न नभ्याइने

सरकारी विज्ञापनसम्बन्धी मुद्दा आज हेर्न नभ्याइने


  • 155
    Shares

    सरकारी विज्ञापनसम्बन्धी मुद्दा आज हेर्न नभ्याइने

    काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ आज हुन सकेन । न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा मुद्दा चढे पनि समय अभावको कारण सुनुवाइ हुन नसकेको हो । 

    सर्वोच्च अदालतमा सरकारी विज्ञापन निजी मिडियालाई दिनुपर्ने नपर्ने सम्बन्धमा दुई पक्षीय सुनुवाइका लागि सरकारलाई झिकाइसकेको छ ।  यसअघि गत चैत २४ गतेको सुनुवाइपश्चात् सर्वोच्च अदालतका का न्यायाधीश  मेघराज पोखरेलको एकल इजलासले कानुनी आधारबारे अन्तरिम आदेश दिने नदिने विषयमा छलफल गर्न सरकारलाई झिकाएको हो । 

    नेपाल मिडिया सोसाइटीका अख्तियारप्राप्त अधिवक्ता अनन्तराज लुईंटेलले मिडियामाथि लगाएको विज्ञापन निषेधलाई चुनौती दिँदै चैत २३ मा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 

    राष्ट्रिय दैनिक लगायतका प्रमुख सञ्चार माध्यमका प्रकाशकहरूको संस्था रहेको नेपाल मिडिया सोसाइटीले अधिवक्ता लुईंटेलमार्फत सरकारको निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएको हो ।       

     

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १७:५२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij