Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

‘परालको आगो’मा समावेश गीत ‘दुःख सुख जिन्दगानी ‘रिलिज

‘परालको आगो’मा समावेश गीत ‘दुःख सुख जिन्दगानी ‘रिलिज


  • 29
    Shares

    ‘परालको आगो’मा समावेश गीत ‘दुःख सुख जिन्दगानी ‘रिलिज

    काठमाडौं । आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’ को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ रिलिज गरेको छ। शनिवार निर्माण टिमले प्रचारप्रसारको अर्को सामाग्रीका रुपमा दोस्रो गीत रिलिज गरेको हो ।

    गीतमा प्रकाश सपुत र गायिका शान्तिश्री परियारले गाएका छन् । गायक प्रकाशकै शब्द तथा संगीत रहेको यस गीतलाई सुदिप सागरले गरेका छन् । यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ। मायालु भावका प्रस्तुत भएका सुहाना र प्रकाशको जोडीलाई दर्शकले मन पराएका छन्। उनीहरुको यो पहिलो स्क्रिन सेयर हो।

    निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिदै जाँदा प्रचारप्रसारलाई व्यापक बनाउन थालेको छन्। यसअघि यो फिल्मको टिजर र फिल्ममा समावेश गीत पहिलो गीत ‘उडी जाउँ भने,म पन्छी होइन’ रिलिज गरिएको थियो। जुन गीत र टिजरलाई दर्शकले अत्यधिक म पराएका छन् । अब फिल्ममा समावेश दोस्रो गीतका रुपमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश र शान्तीश्रीको आवाजमा रहेको गीत ‘दुःख सुख जिन्दगानी’ रिलिज गरेको हो। यस गीतले पनि ग्रामिण भेगका युवा युवतीको माया र उनीहरुबीचको प्रेमलाई पर्दामा झल्काउँछ।

    s

    images
    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - १६:४७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij