Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक

कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक


  • 687
    Shares

    कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले बुधवारका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ । उक्त दिन दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी कार्यसम्पादन समिति बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । 

    बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिएका हुन् ।

    कांग्रेसले सोही दिन नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । त्यसबारे पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् । 

    त्यस्तै पार्टीको १५ औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि बैठकमा छलफल हुने भएको छ ।

     

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - १२:३३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij