Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

नेपाल टेलिकमको नयाँ वर्ष अफर २०८३ मा के छ ?

नेपाल टेलिकमको नयाँ वर्ष अफर २०८३ मा के छ ?


  • 316
    Shares

    नेपाल टेलिकमको नयाँ वर्ष अफर २०८३ मा के छ ?

    काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई नयाँ वर्ष अफर २०८३ उपलब्ध गराउने भएको छ ।

    अफर अन्तर्गत न्यु इयर लाइट तथा न्यु इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् । न्यु इयर लाइट अन्तर्गत ४ सय ९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ तथा ५ जीबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी न्यु इयर प्रिमियम अन्तर्गत ६ सय ९९ मा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ भने १० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

    दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । आज चैत ३० गतेदेखि आगामी २०८३ वैशाख २ गतेसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्ज मै समावेश हुनेछ ।

    नयाँ वर्ष २०८३ अफर प्राप्त गर्नका लागि मोबाइलबाट *1415*11# डायल गर्न सकिने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत यो प्याकेज खरिद गर्न सकिने छ । नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण सेवाग्राहीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - ०७:५९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij