२०८२ चैत्र २९ गते आइतवार
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य गडबडी नभए सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी भएको छ । अस्पतालका अनुसार शुक्रबारसम्म सबै जाँच गर्दा रिपोर्टहरू नर्मल देखिएकाले सोमबारका लागि शल्यक्रिया गर्ने गरी तयारी गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा.सुवास आचार्यले ओलीको पित्त थैलीको शल्यक्रियाका लागि तयारी भइरहेको भन्दै सोमबारसम्म स्वास्थ्यमा कुनै उत्तारचढाव नआए सोही मितिमा गरिने बताएका छन् ।
जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिस बमोजिम ओली गत चैत १४ पक्राउपछि अस्पताल भर्ना भएका थिए । तर उनलाई चैत २६ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । थुनामुक्त भए पनि उनी त्रिवि शिक्षण अस्पतालमै उपचाररत छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij