Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपीओ’ निस्कासन गर्ने

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपीओ’ निस्कासन गर्ने


  • 260
    Shares

    चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपीओ’ निस्कासन गर्ने

    काठमाडौं । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक सेयर (आइपीओ) निस्कासन गर्ने भएको छ ।

    कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले ‘आइपीओ’ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको अधिकृत पुँजी ५० करोड रहेको छ ।

    साधारणसभाले चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको  । छ जना सञ्चालक निर्विरोध चयन गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिएका छन्  ।

    निर्वाचित हुने सञ्चालकमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शङ्कर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन् । साधारणसभाले अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरेको छ ।

    होल्डिङ कम्पनीका रूपमा रहेको उक्त संस्थाले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसानलगायत कम्पनीमा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताएका छन् । 

      

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १७:०९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij