Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कालिन्चोक हाइड्रोपावरको आईपीओ खुल्याे, कति कित्तासम्म भर्न पाइने ?

कालिन्चोक हाइड्रोपावरको आईपीओ खुल्याे, कति कित्तासम्म भर्न पाइने ?


  • 911
    Shares

    कालिन्चोक हाइड्रोपावरको आईपीओ खुल्याे, कति कित्तासम्म भर्न पाइने ?
    images

    काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।  बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

    यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

    कम्पनीले आफ्नो कुल ५५ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

    सोमध्ये ५ लाख ५० हजार कित्ता स्थानीय र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वितरण भइसकेको छ। अब बाँकी रहेको शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सुरक्षित राखी सर्वसाधारणका लागि कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर छुट्याइएको छ।

    लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सीमा १० हजार कित्ता तोकिएको छ। प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा निष्काशन भएको यो शेयरमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ एपमार्फत सहजै आवेदन दिन सक्नेछन्।

    यो आईपीओ छिटोमा २०८२ चैत २५ गतेसम्म खुला रहनेछ। यदि सो अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा २०८३ वैशाख ६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। 

    लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयबाट आवेदन दिन सक्नेछन्।

     

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - ११:३०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij