Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित बनाउन नयाँ कार्यविधि ल्याउँदै सरकार

स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित बनाउन नयाँ कार्यविधि ल्याउँदै सरकार


  • 232
    Shares

    स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित बनाउन नयाँ कार्यविधि ल्याउँदै सरकार

    काठमाडौं । स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउने गरी सरकार अघि बढेको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यविधि तयार नभएसम्म बिरामीको हितलाई सर्वोपरि राखी आ-आफ्नो अस्पतालबाट उपलब्ध जनशक्ति र कार्यभारको आधारमा यथासम्भव स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउन सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।  

    स्वास्थ्यकर्मीको विश्रामको अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकता भएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    स्वास्थ्यकर्मीहरूको हकहित र नागरिकको उपचार अधिकारबिच सन्तुलन कायम गर्ने व्यवस्थापन तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गरिने  समेत मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । 

    667380796_1433783711761863_6860348879838354838_n_YD2qtR2Ahu.jpg

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १७:५१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij