२०८२ चैत्र २३ गते सोमवार
काठमाडौं । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएसँगै शुक्रबार पनि शेयर कारोबार खुल्ने भएको छ ।
आइतबार बेलुका बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने निर्णय गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईले जानकारी दिएका छन् ।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले नेप्सेले पनि सोहीअनुसार शुक्रबार शेयर कारोबार खोल्ने निर्णय गरेको हो ।
सिईओ चापागाईंले यो निर्णय यही सातादेखि लागू हुने बताएका छन् । आइतबारको साटो शुक्रबार बजार खोल्ने निर्णय भए पनि कारोबार समय भने ११ बजेदेखि ३ बजेसम्म नै यथावत् राखिएको उनले बताएका छन् । यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij