Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

चौथो एपाक आईपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारमा नयाँ आयाम थपिने अपेक्षा

चौथो एपाक आईपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारमा नयाँ आयाम थपिने अपेक्षा


  • 134
    Shares

    चौथो एपाक आईपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारमा नयाँ आयाम थपिने अपेक्षा

    काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेट लिमिटेडको आयोजनामा काठमाडौंमा चौथो एपाक आईपीभी सिक्स काउन्सिल मीट सम्पन्न भएको छ।

    चैत २७ गते सम्पन्न यस दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको डिजिटल पूर्वाधार र इन्टरनेट पारिस्थितिक प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। 

    बिहीबारदेखि सुरु भएको यस सम्मेलनमा स्वदेशी तथा विदेशी विज्ञहरूले नेपालको डिजिटल मार्गचित्र र भविष्यका प्रविधिबारे गहन छलफल गरेका थिए।

    सम्मेलनको पहिलो दिन आईपीभी सिक्सद्वारा सञ्चालित एआई डाटासेन्टरहरू, इन्टरप्राइज आईसीटीको भविष्य, साइबर सुरक्षा र जोखिम व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा प्रवचन तथा छलफलहरू आयोजित गरिएका थिए। 

    सोही अवसरमा नेपालमा आईपीभी सिक्सको प्रवर्द्धनका लागि सुबिसु र एपाक आईपीभी सिक्स काउन्सिलबीच एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ। सुबिसुका सीईओ विनय मोहन साउद र काउन्सिलका तर्फबाट प्रा. एमेरिटस डा. सुरेश्वरन रामदासले हस्ताक्षर गरेको उक्त सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा ऐतिहासिक अध्याय थप्ने अपेक्षा गरिएको छ।

    दोस्रो दिनको सत्रमा विभिन्न क्षेत्रका दिग्गजहरूले प्राविधिक विषयमा आफ्ना धारणा राखेका थिए। सीएन ल्याब्सका निर्देशक कृष्णकुमार लाहोटी र आईसीएएनएनका चम्पिका विजयतुङ्गाले आईपीभी सिक्स कम्प्लायन्स र डीएनएस सेकको कार्यान्वयनबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १८:०३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij