Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

शेयर बजारमा पहिरो, ७ कम्पनी घटे १० प्रतिशत

शेयर बजारमा पहिरो, ७ कम्पनी घटे १० प्रतिशत


  • 799
    Shares

    शेयर बजारमा पहिरो, ७ कम्पनी घटे १० प्रतिशत

    काठमाडौं ।  साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १०५.५० अंकले घटेर २,६७६ को विन्दुमा कायम भएको छ ।

    आज ७ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २६१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३८ करोड माथिको शेयर कारोबार भएको छ ।

    ७ कम्पनीको मूल्य बढ्यो, २६१ को घटेको छ। अन्य समूह सबैभन्दा धेरै ६.०९ प्रतिशत बढेको छ । यो समूहमा सूचीकृत दुई पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको मूल्य उच्च दरले गर्दा समूह बढी प्रभावित भएको हो ।

    बैंकिङ ३.३२, विकास बैंक ४.३२, फाइनान्स ३.९४, होटल तथा पर्यटन ३.०४, हाइड्रोपावर ४.८४, लगानी ३.३२, जीवन बीमा ३.५९, उत्पादन तथा प्रशोधन १.३३, माइक्रोफाइनान्स ३.४३, निर्जीवन बीमा ३.८६ तथा व्यापार ३.५८ प्रतिशत घटेको छ ।

    ६ नयाँ कम्पनीको मूल्य १० प्रतिशत  बढेको छ । हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

    ७ कम्पनीको मूल्य १० प्रतिशत नै घटेको छ । १० प्रतिशत घटेका कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जी छन् । त्यस्तै नेपाल पुनर्बीमाको ९.६२ प्रतिशत मूल्य घटेको छ  ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको ५८ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४२ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    22.jpg22.jpg

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १५:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij