Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

शेयर बजारमा आयो रौनक, हाइड्रोपावरमा उच्च वृद्धि

शेयर बजारमा आयो रौनक, हाइड्रोपावरमा उच्च वृद्धि


  • 624
    Shares

    शेयर बजारमा आयो रौनक,  हाइड्रोपावरमा उच्च वृद्धि

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार फेरी रौनक आएको छ । आज ८३.३३ अंकले बढेर २७६०.०२ को विन्दुमा बन्द भएको हो।

    २६४ कम्पनीको मूल्य बढेको छ भने ४ को घटेको छ, एकको स्थिर रहेको छ  । सबै समूहका सूचक बढेको छ । आज १० अर्ब ९२ करोडको शेयर कारोबार भएको छ । 

    हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.५९ प्रतिशत बढेको छ  । त्यस्तै फाइनान्स ४.०३ प्रतिशत बढेको छ । बैंकिङ ३.१८, विकास बैंक ३.६३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा २.९४, अन्य २.३६ तथा व्यापार २.४० प्रतिशत बढेको छ  ।  

    ८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन छन् । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, शिवश्री हाइड्रोपावरको ९.५५ तथा हिमाल दोलखा हाइड्रोपावरको ९.१८ प्रतिशत मूल्य बढेको छ ।

    अघिल्लो दिन १० प्रतिशत बढेको रिलायन्स स्पिनिङ मिल्समा आज भने बिक्री चाप बढेको छ । कम्पनीको मूल्य १.६० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावर छन् ।

     

     

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १५:२८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij