Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

शेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

शेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो


  • 190
    Shares

    शेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २.६१ अंकले घटेर २,७५७ को विन्दुमा कायम भएको छ । 

    आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७३ करोडको शेयर कारोबार भएको छ ।

    अधिकांश समूहका सूचक घटेको छ । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढेको छ । त्यस्तै व्यापार सबैभन्दा धेरै १.८८ प्रतिशत घटेको छ ।

    हाइड्रोपावर ०.१५, अन्य ०.७१ तथा बैंकिङ ०.०४ प्रतिशत बढेको छ । निर्जीवन बीमा ०.३३, माइक्रोफाइनान्स ०.१९, उत्पादन तथा प्रशोधन ०.०५, जीवन बीमा ०.४५, विकास बैंक ०.६२, फाइनान्स ०.४१ तथा लगानी ०.४६ प्रतिशत घटेको छ ।

    ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन छन् । त्रिशुली जलविद्युतको ८.६३ प्रतिशत मूल्य बढेको छ ।

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने रिलायन्स स्पीनिङ मिल्सको २४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    24.JPG

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १५:३७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij