२०८२ चैत्र २९ गते आइतवार
काठमाडौं । हेटौंडाबाट काठमाडौं आउँदै गरेको एक कार दक्षिणकाली नगरपालिकाको रानीमडाँडामा दुर्घटना हुँदा एक जनाको निधन भएको छ। आइतबार दक्षिणकाली–९ स्थित केरावारी–सितचोक नजिकैको सडकमा अनियन्त्रित भइ भिरबाट खसेको हो।
इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार दुर्घटनामा बा।अ।बी ५२८१ नम्बरको कारमा सवार काठमाडौं निवासी ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ। सुरजले गाडी चलाइरहेका थिए। उद्दार कार्य अहिले पनि जारी छ।
७ सय मिटर तल खस्यो कार
पहाडी खण्डको घुम्ती र अप्ठ्यारो सडकका कारण कार अनियन्त्रित भई भिरबाट खसेको हो। सडकबाट झन्डै ७ सय मिटर तल खसेका कारण कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले मृतकको शव गाडीबाट बाहिर निकालेको छ, पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेछ।
भिर निकै भिरालो र गहिरो भएका कारण दुर्घटनाग्रस्त कार निकाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेछ। भिर असाध्यै अप्ठ्यारो भएकाले कार निकाल्न कठिन भइरहेको छ, इलाका प्रहरी कार्यालय फर्पिङ प्रहरी स्रोतले भन्यो।
चैतको अन्तिम साता काठमाडौं भित्रिने र बाहिरिने सवारीको चाप बढिरहँदा भएको यो दुर्घटनाले दक्षिणकाली, फर्पिङ, रानीमडाँडा क्षेत्रका स्थानीयलाई समेत स्तब्ध बनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij