Logo

२०८२ चैत्र २९ गते आइतवार

२०८२ चैत्र २९ गते आइतवार

निर्वाचन नतिजापछि राप्रपामा विवाद: ३ बुँदे मागसहित राजेन्द्र लिङ्देनविरुद्ध मोर्चाबन्दी

निर्वाचन नतिजापछि राप्रपामा विवाद: ३ बुँदे मागसहित राजेन्द्र लिङ्देनविरुद्ध मोर्चाबन्दी


  • 239
    Shares

    निर्वाचन नतिजापछि राप्रपामा विवाद: ३ बुँदे मागसहित  राजेन्द्र  लिङ्देनविरुद्ध मोर्चाबन्दी

    काठमाडौं । फागुन २१ को संसदीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले व्यहोरेको हार र अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीभित्र विवाद चर्किएको छ। महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा आइतबार बसेको असन्तुष्ट पक्षको बैठकले लिङ्देनविरुद्ध मोर्चाबन्दी गर्दै मुख्य ३ बुँदे माग अघि सारेको छ ।

    विवाद बढ्दै जाँदा असन्तुष्ट पक्षले नेतृत्वलाई सच्चिने कि सकिने भन्ने गम्भीर प्रश्न गर्दै ३ बुँदे माग अघि सारेका छन् । उनीहरुले पार्टीलाई पुनर्जीवन दिन र नयाँ नेतृत्व चयनका लागि अविलम्ब केन्द्रीय महाधिवेशनको विकल्प नरहेको बताएका छन् ।

    उनीहरुले अघि सारेका मागहरुमा पहिलो, सन्तुलित र विश्वसनीय वातावरणमा महाधिवेशन सम्पन्न गर्न निष्पक्ष व्यक्तिको संयोजकत्वमा ‘महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने रहेको छ । 

    दोस्रो मागमा, एक हप्ताभित्रै केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्नुपर्ने र तेस्रोमा, एकता महाधिवेशनपछि पार्टीको विधान र अनुशासन विपरीत भएका काम कारबाहीको छानबिन गर्न एक समिति गठन गरी आगामी महाधिवेशनमा प्रतिवेदन पेश गर्नुपर्ने अडान राखेका छन् ।

    पार्टीको म्याद थप भएपनि २०८३ जेठभित्र महाधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको स्मरण गराउँदै असन्तुष्ट पक्षले अब नेतृत्वले यी मागहरु सम्बोधन नगरे थप कडा कदम चाल्ने चेतावनी दिएको छ ।

    अध्यक्ष लिङ्देनको कार्यशैलीले पार्टीका लाखौं कार्यकर्ताको भविष्य संकटमा परेको भन्दै अहिले पार्टीभित्र नेतृत्व परिवर्तनको बहसले उग्र रुप लिएको छ । 

     

     

    images
    प्रकाशित मिति :चैत्र २९ २०८२ आइतवार - १६:२७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij